Connect with us
Kapilvast Forest

कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु

२०७८, ४ जेष्ठ मंगलवारमा प्रकाशित

जनकपुरधाम – सिरहामा कोरोना संक्रमणबाट एकजना चिकित्सकको मृत्यु भएको छ ।लहान नगरपालिका वडा(६ घर भएका अर्थोपेडिक विशेषज्ञ डा। मुकेश चौधरीको कोरोना संक्रमणका कारण मृत्यु भएको लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवले जानकारी दिनु भयो ।

उहाँका अनुसार डा। चौधरी कोरोना संक्रमित भइ ९ दिनदेखि होम आइसोलेसनमा बस्दै आउनु भएको थियो । सोमबार साँझ उपचारका लागि विराटनगरस्थित विराट नर्सिंङ लगेको केही बेरमै उनको मृत्यु भएको यादवले बताउनु भयो ।

३५ वर्षीय डा। चौधरी लहानमा डाइनोष्टिक सेन्टर सञ्‍चालन गर्दै आएउनु भएको थियो । उहाँ सोही सेन्टरमा सेवा दिने क्रममा संक्रमित हुनु भएको थियो ।