नेपालका लागि पूर्वभारतीय राजदूत देओको निधन
काठमाडौं – नेपालका लागि पूर्वभारतीय राजदूत अरविन्द देओको निधन भएको छ । उहाँ सन् १९८६ देखि १९८९ सम्म नेपालका लागि राजदूत हुनुन्थ्यो ।
देओको मृत्युप्रति भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले ट्वीटमार्फत दुःख व्यक्त गर्नु भएको छ । त्यसैगरी भारतीय विदेशमन्त्री एस जयशंकरले पनि उहाँको निधनप्रति दुःख व्यक्त गदै उनी आफूजस्ता धेरैका लागि ‘मेन्टर’ र साथी भएको उल्लेख गर्नु भएको छ ।