Connect with us
Kapilvast Forest

पश्चिमाञ्चल अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस

२०७८, ६ जेष्ठ बिहीबारमा प्रकाशित

कास्की_गण्डकी प्रदेश सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको प्रदेशकै सबभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस गरेको छ।

नवगठित मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले सो अस्पताललाई कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार अस्पताल बनाउनका लागि नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको मन्त्री तथा सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिनुभयो । अहिले सो अस्पतालका ५० शय्यामा कोरोनाका बिरामीको उपचार हुँदै आएको छ।

मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्तामा मन्त्री बस्नेतलाई चयन गरेको छ।यसैगरी प्रदेश तथा नीति तथा योजना आयोगको उपाध्यक्षमा डा गिरधारी शर्मा र सदस्यमा डा विष्णुराज बराललाई निरन्तरता दिएको छ।मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको राजीनामा लगत्तै उहाँहरू पनि पदमुक्त । हुनुभएको छ

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu