Connect with us
Kapilvast Forest

प्रदेश पूर्वप्रमुख मल्लको निधनमा देउवाद्वारा दुःख व्यक्त

२०७८, १३ जेष्ठ बिहीबारमा प्रकाशित

काठमाडौं-नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधनप्रति दुःख व्यक्त गर्नु भएको छ। उहाँको काठमाडौंस्थित निदान अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार एक शोक वक्तव्यमार्फत गहिरो दुःख व्यक्त गर्दै भन्नु भएको छ , “नेपाली कांग्रेसका नेता, सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख, समाजसेवी, असल, वौद्धिक एवं शालिन व्यक्तित्वका धनी मेरा मित्र मोहनराज मल्लको असामयिक निधन भएको खबरले मलाई अत्यन्त दुःखित बनाएको छ ।

उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।’कैलाली जिल्ला निवासी स्वर्गीय मल्ल नेपाली कांग्रेसका महासमिति सदस्य समेत हुनुन्थ्यो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu