आजअन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै
काठमाडौं-आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ। मे २९ अर्थात् ६८ वर्ष पहिले आजकै दिन सगरमाथाको शिखरमा मानव पाइलापुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइने गरिन्छ।
नेपाल सरकारले सन् २००८ देखि मे २९ लाई अन्तर्राष्ट्रिय रुपमै यो दिवस मनाउन निर्णय गरेको थियो।सन् १९५३ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाआरोहण गर्नुभएको थियो ।
त्यसपछि शुरु भएको आरोहणमा पछिल्ला दुई दशकमा निकै आकर्षण बढेको छ। पर्वतीयपर्यटनको क्षेत्रमा काम गर्नेहरुले यो दिनलाई विशेष रुपमामनाउने गरिन्छ। कोरोना कहरका बीच पनियसवर्ष सगरमाथा सहितका हिमाल आरोहण भइरहेको छ।