चौधरी उद्योगकाे वियर प्लान्टमा आगलागी
काठमाडौं – पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा अवस्थित चौधरी उद्योग ग्राममा आगलागी भएको छ । उद्योगको बियर प्लान्ट र गोदाममा आगलागी भएको हो ।
उद्योग प्रशासन प्रमुख दामोदर पौडेलले बुधबार बिहान ८ः२० बजेबाट आगो लाग्न सुरु गरेको र अहिले नियन्त्रण बाहिर रहेको बताउनु भयो ।उहाँले भन्नु भयो , ‘दमकल, नेपाली सेना, प्रहरी र कर्मचारीहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ ।’उहाँले आगलागीको कारण अहिले थाहा नभएको पनि बताउनु भयो ।