पाँच वर्षीया वालिका सहित एकै दिन चार जना वालिका बलात्कृत
काठमाडौं-बुधबार एकै दिन चार वालिका बलात्कृत भएकी छिन् । प्रहरीका अनुसार ललितपुरमा ५ वर्षीया बालिका सहित चार जना माथि जबरजस्ती करणी भएको जनाएको हो ।
प्रहरीका अनुसार ५ वर्षीया वालिका बलात्कार गरेको अभियोगमा गोदावरी नगरपालिका ३ मोतिचौर बस्ने सप्तरी सोम्भुनाथ नगरपालिका २ घर भएका २० वर्षीय राम आशिस सदालाई प्रहरीले पक्राउ गरेको छ । गोदावरी नगरपालिका ३ मोतिचौरको निर्माणाधिन होटेल भवनभित्र सदाले आइतबार साँझ ती बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
त्यसै गरी सुनसरीमा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका ३ सुनौलो टोल बस्ने ६७ वर्षीय भबिराज दमाईलाई प्रहरीले पक्राउ गरेको जनाएको हो । त्यसै गरी यता काठमाडौं र भक्तपुरमा समेत १४ वर्षीया र १३ वर्षीया वालिका बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।