Connect with us
Kapilvast Forest

कोरोना संक्रमण घटेसँगै कोहलपुर शिक्षण अस्पतालमा ओपीडी सेवा सुचारु

२०७८, २४ जेष्ठ सोमबारमा प्रकाशित

medical-collage-kohalpura nepalgung.

नेपालगञ्ज-कोरोना भाइरस संक्रमितको उपचार हुँदै आएको बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले बहिरंग सेवा (ओपीडी) सुचारु गरेको छ ।

यसअघि कोरोना सङ्क्रमण तीव्र रुपमा फैलिएपछि अस्पतालले ओपीडी सेवा बन्द गरेर कोभिड डेडिकेटेड सेवा मात्रै सञ्चालन गर्दै आएको थियो । कोरोना भाइरस संक्रमण घटेसँगै आइतबारदेखि अस्पतालको ओपीडी सेवा सञ्चालन गरिएको अस्पतालका सहायक निर्देशक नितेशकुमार कनौडियाले जानकारी दिनु भयो ।

 

उहाँका अनुसार कोरोनाका बिरामी आउन कम भएपछि पहिले झैं नियमित रुपमा ओपीडीलगायत सेवा शुरु भएको हो । अब अस्पतालले कोरोना भाइरस संक्रमित र अन्य दुवैको उपचार सेवा नियमित गर्नेछ ।

कोरोना उपचार केन्द्रका रुपमा रहेको नेपालगञ्जस्थित भेरी अस्पतालको ओपीडी सेवा भने अझै सञ्चालन हुन सकेको छैन । बाँके जिल्लामा कोरोना सङ्क्रमण दर घटेको जस्तो देखिए पनि छिमेकी जिल्लाहरुबाट रेफर भएर आउने बिरामीको चाप घट्न नसकेकाले जोखिम कायमै रहेको अस्पतालका कोभिड स्रोत व्यक्ति डा। संकेत रिसालले बताउनु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu