Connect with us
Kapilvast Forest

रौतहटमा स्रोत नखुलेको ३० लाखसहित दुई भारतीय पक्राउ

२०७८, २६ जेष्ठ बुधबारमा प्रकाशित

pakrau

रौतहट — रौतहट प्रहरीले बुधबार भारतबाट नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँसहित दुई भारतीयलाई पक्राउ गरेको छ ।

रौतहटको परोहा नगरपालीका ९ रामपुरखापस्थितमा नेपाल भारत सीमामा अवैध रकमसहित पक्राउ परेका भारतीय नागरिकहरु । तस्बिर सौजन्य : जिल्ला प्रहरी रौतहट
परोहा नगरपालिका ९ रामपुरखापस्थित नेपाल भारत सीमामा बिआर०५आर४५२१ जी नम्बरको मोटरसाइकलमा नेपाल आउँदै गरेका अवस्थामा प्रहरीले जाँच गर्ने क्रममा भारत जिल्ला मोतिहारी घोडासहन बस्ने २२ वर्षीय बन्टिकुमार कलवार र २० वर्षीय सुरज कलवारलाई पक्राउ गरिएको हो ।

 

मोटरसाइकल पछाडि सवार सुरजले बोकेको नाईलुनको झोलामा स्रोत नखुलेको ३० लाख ७६ हजार नगद रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी प्रमुख एसपी सिद्धिबिक्रम शाहले बताए । उनका अनुसार उक्त रकमबारे प्रहरीले अनुसन्धान थालेको छ ।

‘मोटरसाइकल र पक्राउ परेकाहरुबारे सोधपुछ हुँदैछ,’ उनले भने,‘निषेधाज्ञाको फाइदा उठाउँदै अवैध रकम ओसारपसार गरेको पाइयो ।’ कोभिड १९ को संक्रमण बढेसँगै अहिले सीमा नाका बन्द छ । यही मौका छोपेर स्रोत नखुलेको रकमको ओसारपसार बढेको पाइएको छ । ओसारपसारमा संलग्न अधिकांश भारतीय नागरिक छन् ।

सशस्त्र र नेपाल प्रहरीले सीमा क्षेत्रबाट साउनयता स्रोत नखुलेको १ करोड ३९ लाख बढी रकम बरामद गरिसकेको जनाएका छन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu