Connect with us
Kapilvast Forest

पालिका प्रमुख भन्छन् “संक्रमणमा पनि विकासको काम जारी छ”

२०७८, २७ जेष्ठ बिहीबारमा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु-
कपिलवस्तु पालिका प्रमुखहरु कोभिड संक्रमणको समयमा विकास निर्माण कार्य जारी राखेका छन् । कोभिडले अक्रान्त बनेको कपिलवस्तुका १० पालिकाले विकास निर्माण कार्य जारी राखेको पालिका प्रमुखले बताएका छन् । आर्थिक बर्षको अन्तिम महिनासम्म पनि विकासको काम धमाधम भैरहेको छ ।
कपिलवस्तुमा लकडाउन लागू भएपनी सामाजिक दुरी कायम गरि स्वास्थ मापदण्ड अपनाएर निर्माण कार्य निरन्तर चलिरहेको पालिका प्रमुखहरूको भनाइ रहेको छ ।
जिल्लाको बाणगंगा, कपिलवस्तु, बुद्धभुमी, महाराजगन्ज, शिवराज र कृष्णनगर नगरपालिकामा विकासको काम जारी रहेको छ । त्यस्तै विजयनगर, यशोधरा, मायादेवी र शुद्धोधन गाउँपालिकामा लकडाउनको समयमा पनि विकास निर्माण कार्य भैरहेको छ । पालिका प्रमुखहरुसगं न्युज सेन्टर नेपालले लकडाउनको अवधीमा कसरी विकासको काम गर्नु भएको छ भनेर सोधेका छौ ।
नगरपालिका प्रमुखहरूको भनाई
चालू आर्थिक बर्षमा कोभिडको महामारीका विच निर्माण कार्य जारी राखेको कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहले जानकारी दिनु भयो । लकडाउनले केहि प्रभावित भएपनी निर्माणकार्य चलेको प्रमुख सिंहले बताउनु भयो ।

कोभिड भन्दा पहिले सम्झौता भएको योजनाको काम संचालन भैरहेको बाणगंगा नगरपालिकाका नगरप्रमुख मगंल प्रसाद थारुले जानकारी दिनि भयो । पालिकाले बिनियोजित गरेको योजना संचालन भएको नगर प्रमुख थारुले बताउनु भयो ।
महाराजगन्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामका अनुसार कोभिडको बेला निर्माण प्रभावित भएपनी विकासको काम तीब्र गतिमा चलेको जानकारी दिनुभयो । महाराजगन्ज नगरपालिकाको विभिन्न स्थानमा चलेको योजना जारी रहेको नगरप्रमुख कलामले बताउनु भयो ।
जिल्लाको शिवराज नगरपालिकामा पनि लकडाउनको अवधिमा विकास निर्माणकार्य र कृषि औजार वितरण कार्य भएको नगर प्रमुख नेत्रराज अधिकारीले बताउनु भयो । शिवराजमा असार मसान्तसम्म ९० प्रतिशत बिकास निर्माणकार्य सम्पन्न हुने नगर प्रमुख अधिकारीले दिनुभयो ।

बुद्धभुमी नगरपालिकामा पनि चालू आ.ब को योजना संक्रमणको समयमा काम गरिरहेको नगर प्रमुख केशब श्रेष्ठले जानकारी दिनु भयो । लकडाउनको अवधी भन्दा पहिले सम्झौता भएको काम तिब्र गतिमा चलेको श्रेष्ठले बताउनु भयो । बुद्धभुमीमा असार मसान्तसम्म काम सम्पन्न हुने बताइएको छ ।
कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहका अनुसार विकासका काम धमाधम भैरहेको जानकारी दिनु भयो । लकडाउनको समयमा विकास निर्माणको लागि सामाजिक दुरी काम गरि काम गरी रहेको नगर प्रमुख शाहले बताउनु भयो । नया तथा अधुरा योजनाको काम तिब्रताका साथ संचालनमा रहेको नगर प्रमुख शाहले बताउनु भयो ।
गाउँपालिका प्रमुखको भनाई
जिल्लाको सबैभन्दा पश्चिम क्षेत्रमा रहेको विजयनगर गाउँपालिकामा समेत लकडाउन अवधिमा निर्माणकार्य संचालन गरिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाको भनाइ रहेको छ । गाउँपालिकामा रहेको योजनाहरुलाई सम्झौता अनुसार काम गरिरहेको अध्यक्ष थापाले जानकारी दिनु भयो ।

यशोधरा गाउँपालिकाले पनि विकास निर्माणकार्य सन्चालन गरिरहेको छ । यशोधरा गाउँपालिका अध्यक्ष गिरजेश पान्डेयका अनुसार बजार बन्द हुदा निर्माण सामाग्री पाउन कठिनाइ भएपनी निर्माणकार्य जारी रहेको बताउनु भयो ।

मायादेवी गाउँपालिकाका अध्यक्ष बजरङ्गी चौधरी भन्नू हुन्छ विकासको काम हामीले रोकेका छैनौं । सामाजिक दुरी कायम गरि विकासको काम र खेती किसानीको काम निरन्तर चलिरहेको बताउनु भयो । पालिकाबासीहरूमा जनचेतना कार्यक्रम लागू गरि निर्माण कार्य जारी राखेको अध्यक्ष चौधरीको भनाई रहेको छ ।
शुद्धोधन गाउपालिकामा समेत लकडाउन अवधिभर विकासको काम सन्चाल्न गरेको पालिका अध्यक्ष निसार अहमद मुसलमानले बताउनु भयो । गाउँ गाउँमा माइकिङ गरि स्वास्थ मापदण्डअनुसार निर्माण र कृषि कार्य जारी राखेको अध्यक्ष मुसलमानले जानकारी दिनु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu