Connect with us
Kapilvast Forest

तीन महिना सडक खन्न नपाइने

२०७८, ३१ जेष्ठ सोमबारमा प्रकाशित

 

 

काठमाडौँ- वर्षात्का तीन महिना सडक खन्न पाइने छैन । असारदेखि भदौसम्म सडक खनेमा कारबाहीसमेत हुने भएको छ ।
सरकारले कुनै पनि बहानामा असार १ देखि भदौ मसान्तसम्म सडक नखन्न अनुरोध गरेसँगै यस्तो बन्देज लागेको हो । सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले एक सूचना जारी गरी सो अनुरोध गरेको हो ।

सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्कालै मर्मतसम्भार गरी यथास्थितिमा ल्याउन नसकिने तथा सडक पनि बिगिँ्रदै जाने भएकाले वर्षायामको तीन महिनाको अवधिमा सडक नखन्न अनुरोध गरिएको स्पष्ट पार्नुभयो ।
सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले सो अवधिमा सडक खन्ने स्वीकृति नदिइने र कसैले जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन, २०३१ अनुसार कडा कारबाही गरिने जनाएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu