साउन ३ गतेभित्र संसद् अधिवेशन बोलाउन सर्वोच्चको आदेश
२०७८, २८ असार सोमबारमा प्रकाशित
काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गरेर तत्कालै अधिवेशन बोलाउन आदेश दिएको छ । साउन ३ गते पाँच बजेभित्र प्रतिनिधि सभाको बैठक बोलाउन सर्वोच्चको संवैधानिक इजलासले दिएको हो ।
प्रतिनिधि सभा विघटन असंवैधानिक रहेकाे ठहर गर्दै सर्वोच्चले आउँदाे साउन ३ गते साँझ ५ बजेभित्र संसद् बैठक बोलाउन आदेश दिएको हो ।