Connect with us
Kapilvast Forest

मकवानपुरमा कन्टेनर र ट्रकबाट २०८ किलो गाँजा बरामद

२०७८, ३० असार बुधबारमा प्रकाशित

मकवानपुर -प्रहरीले कन्टेनर र एउटा भारतीय ट्रकबाट २०८ किलो गाँजा बरामद गरेको छ। मकवानपुर प्रहरीले हेटौडाका दुई अलग स्थानबाट गाँजा, ट्रक, कन्टेनर र त्यसका चालक, सहचालकलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार बुधबार हेटौडा-१५ रातोमाटेस्थित पूर्व-पश्‍चिम लोकमार्ग सडक खण्डमा बारा जाँदै गरेको बिआर०१जीजी ९४९५ नम्बरको भारतीय ट्रकबाट १६९ किलो गाँजा बरामद गरिएको छ।

विशेष सूचनाको आधारमा प्रहरीले ट्रक रोकेर चेकजाँच गरेको थियो।ट्रकका चालक भारत मोतिहारी बस्ने ३० वर्षीय रविन्द्र राय र सहचालक ३१ को मुक्तार सैफिकलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताउनुभयो ।

 

यस्तै, हेटौडा-१९ नेवारपानीस्थित पूर्व पश्‍चिम लोकमार्ग सडक खण्डमा ना६ख ३७४१ नं. को कन्टेनरबाट ४० किलो गाँजा बरामद भएको छ। गाँजासहित सहचालक जिल्ला नुवाकोट बेलकोटगढी नगरपालिका- ४ का १९ वर्षीय दीपक गुरुङलाई पक्राउ गरिएको राठौरले बताउनुभयो ।पक्राउ परेकाहरूलाई लागुऔषध नियन्त्रण ऐनअनुसार थुनामा राखी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu