Connect with us
Kapilvast Forest

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा वडा सदस्यको मृत्यु

२०७८, ३१ असार बिहीबारमा प्रकाशित

accident

झापा-मोटरसाइकल दुर्घटनामा परी इलामको माङसेबुङ गाउँपालिका(४ का वडा सदस्य धनबहादुर राईको ज्यान गएको छ।
बुधबार दिउँसो ४ बजे मे८प ६०४ नम्बरको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका माङसेबुङ गाउँपालिका(४ का वडा सदस्य ३६ वर्षीय राईको झापाको बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले बताउनुु भयो।

मोटरसाइकलबाट घरतर्फ आउँदै गरेका राई दमक(रवि सडक खण्ड अन्तर्गत रतुवा पुलनजिक अनियन्त्रित भई सेतेभीरबाट अन्दाजी एक सय मिटर तल झर्दा टाउकोमा चोट लागेको थियो।

उहाँलाई उपचारका लागि बिएण्डसी अस्पतालमा लगिएकोमा डाक्टरले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu