नेपाल र विप्लवको छलफलको बीचमा प्रचण्ड पुगेपछि
काठमाडौं-एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । बिहीबार बिहान नेपाल निवास कोटेश्वरमा भएको भेटवार्तामा विप्लवसहित स्थायी कमिटी सदस्य धर्मेन्द्र बास्तोला पनि सहभागी हुनुन्थ्यो ।
यसअघि बुधबार साँझ यी दुई नेताले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग खुमलटार पुगेर भेटवार्ता गर्नु भएको थियो ।नेपाल, विप्लव र बास्तोलाबीच छलफलकै बीचमा प्रचण्ड पुगेपछि थोरै समय चार नेताबीच अलग्गै भेट भएको र बिप्लव बाहिरिएको नेपालका स्वकीय सचिव मोहन गौतमले बताउनुभयो । विप्लव बाहिरिएपछि नेपाल र प्रचण्डबीच भेटवार्ता भएको उहाँले बताउनुभयो ।