चीनले नेपाललाई १६ लाख डोज खोप अनुदान दिने
काठमाडौं-चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ। शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाललाई थतप खोप अनुदानमा दिने बताउनुभयो ।
उहाँले चीन सरकारले नेपाललाई थप खोप दिने निर्णय गरेको जानकारी प्रधानमन्त्री देउवालाई दिएको बताइएको छ ।
यसअघि चीलेन नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको छ भने नेपालले किनेको ४० लाख डोज खोपमध्ये ८ लाख डोज आइसकेको छ।