सरकार ढाल्ने, अनि उनैलाई अध्यक्ष बनाउनुपर्ने :अध्यक्ष ओली
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिनु पार्टीका लागि शर्मनाक भएको बताएका छन् ।
पार्टी केन्द्रीय कमिटीको सोमबार बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनको गद्दार भएको बताए । नेता नेपालले बहुमत नभएको कमिटीमा जान्नँ भनेको भन्दै उहाँले भन्नुभयो ‘अपराध गर्ने, सरकार ढाल्ने अनि उनैलाई बहुमत दिनुपर्ने रु अध्यक्ष बनाउनुपर्ने रु’
नेता नेपालले कम्युनिष्ट आन्दोलन समाप्त पार्न लागेको ओलीको आरोप छ । उहाँले भन्नुभयो , ‘पार्टीमा आउन चाहने साथीहरु आउनुस्, स्वागत छ । तर माधव नेपाललाई यस पार्टीमा स्वागत हुने छैन ।’
झापा, साउन ४ गते । मेची अस्पताल भद्रपुरका डा केवल कपुरीमाथि बिरामीका कुरुवाले कुटपिट गरेका छन् । उहाँलाई हल्दिबारी गाउँपालिकाका ४० वर्षीय पुष्पराज निरौलाले आइतबार राति आकस्मिक उपचार कक्षमा कुटपिट गरेका हुन् ।
श्रीमती बिरामी भएपछि उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेका निरौलाले उपचारमा संलग्न डा कपुरीमाथि अनावश्यक विवाद गरी कुटपिट गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा टङ्कप्रसाद बाह्रकोटीले बताउनुभयो ।
“हामीले असुरक्षा महसुस गरिरहेका छौं”, उहाँले भन्नुभयो, “बिरामीको उपचार गर्नु हाम्रो कर्तव्य हो, हामी कर्तव्यबाट च्यूत हुँदैनौं, तर उपचार गर्ने डाक्टरमाथि बिना कारण अस्पतालमै कुटपिट गर्ने जुनसुकै दोषीमाथि कडा कारवाही हुनुपर्छ ।” डा कपुरीले घटनाका दोषीमाथि कारवाही गरिपाउँ भनी आजै जिल्ला प्रहरी कार्यालयमा उजूरी दिनुभएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले उजूरीका आधारमा घटनाको छानबिन गरी दोषी देखिए कारवाही गर्ने जानकारी दिनुभयो । घटनाको छानविन भएर दोषीलाई कारवाही नभएसम्म स्वास्थ्यकर्मीले अस्पतालका सम्पूर्ण आकस्मिक सेवा बन्द गरेका छन् ।