Connect with us
Kapilvast Forest

दाङमा एक वर्षमा चार हजार युनिटभन्दा बढी रगत खपत

२०७८, ११ श्रावण सोमबारमा प्रकाशित

blood ncn

दाङ – दाङमा एक वर्षमा चार हजार युनिटभन्दा रगत खपत भएको छ। घोराही, तुलसीपुर र लमहीमा रक्त सञ्चार केन्द्र सञ्चालनमा छन्।रक्त सञ्चार केन्द्र घोराहीका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा चार हजार ४५ युनिट रगत खपत भएको छ। अघिल्लो आर्थिक वषम तीन हजार ८०० युनिट रगत खपत भएको केन्द्रका इन्चार्ज दीलिप न्यौपानेले जानकारी दिए।

नियमित रूपमा रगतदान गर्ने दाताहरूको संख्या भने कम हुँदै गए पनि खपत भने बढ्दै गएको न्यौपानेले बताए। स्वयंसेवक, संघसंस्था, अभियानहरूले मात्रै अहिले रगतको मागलाई पूर्ति गरेको उनले बताए। उनका अनुसार कहिले काहीँ आपतकालीन अवस्थामा केही घण्टा समय लाग्ने गरेको भए पनि सकेसम्म रगतको अभाव हुन नदिएको समेत बताए।

गत वर्ष चार हजार ७४ युनिट रगत संकलन भएको छ। तीन केन्द्रमध्ये सबैभन्दा धेरै घोराहीबाट २५ सय ४६, तुलसीपुरबाट ११ सय ३८ र लमहीबाट ३९० युनिट रगत संकलन भएको इन्चार्ज न्यौपानेले बताए। तीनमध्ये घोराहीबाट २५ सय ६१, तुलसीपुरबाट एक हजार ४५ र लमहीमा ४३९ युनिट रगत खपत भएको समेत उनको भनाइ छ।

त्यस्तै, गत आर्थिक वर्षमा तीन हजार ४०९ जना पुरूष र ६६५ जना महिलाले रक्तदान गरेका थिए। पछिल्लो समय जिल्लामा व्यक्तिगतभन्दा पनि संस्थागत रूपमा रक्तदान हुने क्रम बढेको उनले बताए। उनका अनुसार जिल्लामा गएको वर्ष सबैभन्दा बढी अनेरास्ववियुले पाँचपटक रक्तदान कार्यक्रमको आयोजना गरेको थियो।

त्रिभुवननगर जेसिजले चारपटक रक्तदान कार्यक्रम गरेको थियो। संस्थागतरूपमै रगतदान गर्ने संस्कारको विकास हुँदा रगत आपूर्ति सहजरूपमा हुन थालेको उनले बताए। एक वर्षको अवधिमा ७३३ जना नयाँ रक्तदाता थपिएका छन्।

तुलसीपुरको रक्तसञ्चार केन्द्रबाट ३३६, घोराहीबाट ३७१ र लमहीबाट २६ जना नयाँ रक्तदाताले रगतदान गरेका छन्। गत वर्ष १ हजार १५९ जनाले स्वयम्सेवकका रूपमा रक्तदान गरेका थिए भने ८०५ जनाले आवश्यकताको आधारमा रक्तदान गरेका थिए। जिल्लामा पछिल्लो समय सेतो रगत १४२ युनिट खपत भएको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu