Connect with us
Kapilvast Forest

युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

२०७८, १२ श्रावण मंगलवारमा प्रकाशित

पोखरा-कास्कीमा १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पोखरा महानगरपालिका-२५ हेम्जा बस्ने माछापुच्छ्रे गाउँपालिका २५ नयाँगाउँ घर भएका ३२ वर्षीय हर्कबहादुर विक रहेका छन् ।

विकले ती युवतीलाई ललाइफकाइ प्रलोभनमा पारी जबरजस्ती करणी गरेको प्राप्त जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीमाथि करणीसम्बन्धी कसुर मुद्यामा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu