Connect with us
Kapilvast Forest

जीर्ण भवनमा बसेर सीमाको सुरक्षा

२०७८, १३ श्रावण बुधबारमा प्रकाशित

नवलपरासी – जीर्ण बनेको घर । भत्किनै लागेका पर्खाल । झट्ट हेर्दा निर्जन जस्तो लाग्ने यही घरमा बसेर भारतसँगकाे सीमा सुरक्षामा खटिरहेका छन् नेपाली सुरक्षाकर्मी ।

भारतीय सीमासँग जोडिएको नवलपुरको त्रिवेणीमा रहेको सीमा सुरक्षा पोष्ट (बीओपी) खण्डहर बनेको घरमा छ । यही जीर्ण बनेको घरबाटै हुन्छ त्यो क्षेत्रको सीमा सुरक्षाको व्यवस्थापन ।

त्रिवेणीमा रहेको भारतीय सीमा क्षेत्रको सुरक्षाका लागि रहेको सीमा सुरक्षा पोष्टको आफ्नो जग्गा नहुँदा भवन निर्माण हुन सकेको छैन । जसका कारण पोष्ट गण्डक सिँचाइले निर्माण गरेको जीर्ण भवनमा बस्दै आएको छ । गण्डक सिँचाइ नहरको लागि निर्माण गरिएको तीन वटा खण्डहर बनेका भवनमा नै बीओपी रहेको छ ।

 

अहिले बीओपी रहेको जग्गा गण्डक सम्झौता अनुसार गण्डक सिँचाइ नहरको हो । कार्यालयको नाममा जग्गा भएमात्रै भवन बनाउन पाइने तर यस क्षेत्रमा रहेको जग्गा गण्डक सिँचाइ अन्तर्गत रहेकाले समस्या भएको नवलपरासी पूर्व नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताउनुभयो ।

‘कार्यालयको जग्गा छैन, यसले गर्दा भवन बनाउन समस्या छ, भएको जग्गा नहर अन्र्तगत गण्डकको छ’ प्रमुख जिल्ला अधिकारी पंगेनीले भन्नुभयो, ‘यही भित्रबाट समस्या समाधानका लागि सरकारले पहल गर्नुपर्ने देखिन्छ ।’

गण्डक नहरकै जग्गा भए पनि सरकारले भवन बनाउन दिनुपर्ने उहाँले बताउनुभयो ।

सीमा क्षेत्र सुरक्षा र अन्य दृष्टिले समेत संवेदनशील क्षेत्रका रुपमा लिने गरिन्छ । यसैले यहाँको सीमा सुरक्षा पोष्टको भवन निर्माण गर्न आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी पंगेनीले बताउनुभयो ।

‘विपदका हिसाबले समेत यहाँ बस्नु जोखिम देखिन्छ , भवन जीर्ण रहेकाले यस विषयमा माथि कुरा समेत राखेको छु’, उहाँले भन्नुभयो ।

 

गण्डक ब्यारेज पुल नजिकै सीमामा खटिएका सुरक्षाकर्मी बस्ने समेत उचित व्यवस्था छैन । पाल टाँगेर सुरक्षाकर्मीहरु बस्नुपरेको छ । सीमा सुरक्षा पोष्टको नाममा जग्गा प्राप्तिका लागि गृह मन्त्रालयसम्म कुरा पुगेको छ । १४ कठ्ठा जग्गा भोगचलनको लागि उपलब्ध गराउन सरकारसँग माग गरिएको छ । जिल्ला प्रशासन मार्फत पहल भएको भए पनि अझै प्रक्रियामा रहेको जनाइएको छ ।

नवलपुरको त्रिवेणीमा रहेको यस सीमा सुरक्षा पोष्टमा अहिले ३३ जना सुरक्षाकर्मी सीमा सुरक्षाका लागि खटिएका छन् । सीमामा रहेका प्रहरीले सिमामा हुने अवैध गतिविधि नियन्त्रण , सीमामा गस्ती परिचालन, सीमा स्तम्भको निगरानी लगायतका काम गर्ने गर्दछन् ।

यहाँ २०७५ सालमा सीमा सुरक्षा पोष्टकाे स्थापना गरिएको हो । गण्डकी प्रदेशको भारतीय सीमासँग जोडिएको यो एक मात्रै सीमानाका हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu