Connect with us
Kapilvast Forest

एमसीसीसँग जोडिएका सबै सम्झौता संसदमा पेश गर्न भीम रावलको माग

२०७८, १५ श्रावण शुक्रबारमा प्रकाशित

bhim.jpg

 

  काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) कार्यान्वयन सम्झौता संसदमा पेश गर्न माग गर्नु भएको छ ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा विशेष समयमा लिएर बोल्दै सांसद रावलले एमसीसी सम्झौता संसदबाट अनुमादन नभई कार्यालय खोल्ने, भूमि अधिग्रहण गर्ने लगायतका काम शुरु भइसकेको बताउनुभयो ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा(को कार्यदलमा रहेका एमसीसीसँग जोडिएका थुप्रै सम्झौता हेरेको तर, कार्यान्वयन सम्बन्धी सम्झौता हुन नपाएको भन्दै उहाँले भन्नुभयो , ‘मूल सम्झौतासँगै भएका सबै सम्झौता यहाँ पेश गरियोस् ।’

 

उहाँले भन्नुभयो ‘त्यहाँ भएका स्वाधीनता, राष्ट्रिय हित र स्वतन्त्र परराष्ट्र नीति विपरीतका प्रावधानहरु परिवर्तन नभई यदि सम्झौता गरिए राष्ट्रघात हुनेछ ।’

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu