Connect with us
Kapilvast Forest

सांसदको तलब भत्ताको कारोबार अब वाणिज्य बैंकबाट

२०७८, १७ श्रावण आईतवारमा प्रकाशित

samsad bhawan

 

काठमाडौं – सांसदहरुले अब सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमार्फत तलब भत्ता बुझ्ने भएका छन् । संघीय संसद सचिवालयले यसअघि निजी बैंकबाट गर्दै आएको कारोबार अब राष्ट्रिय वाणिज्य बैंकबाट गर्ने जनाएको छ ।

अर्थ मन्त्रालयले हालै सिंहदरबारभित्रका सबै कार्यालयको कारोबार राष्ट्रिय वाणिज्य बैंकबाट गर्न निर्देशन दिएपछि संघीय संसदको कारोबार पनि राष्ट्रिय वाणिज्य बैंकबाट गर्न लागिएको प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।यसअघि सांसदहरुले निजी बैंकबाट तलब भत्ता बुझ्दै आएका थिए । आफूहरुको तलब भत्ता सरकारी बैंकबाट नै पाउनुपर्ने व्यवस्था गर्न सांसदहरुले संसद बैठकमै आवाज उठाएका थिए ।

सांसदहरुले कुरा उठाएपछि सभामुख अग्नि सापकोटाले सरकारी बैंकबाटै कारोबार गर्न निर्देशन दिएका थिए । संसद सचिवालयले २०७७ मंसिर १८ गते सरकारी कारोबार गर्ने बैंक परिवर्तन गरी राष्ट्रिय वाणिज्य बैंक मार्फत गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो ।

तर अर्थ मन्त्रालयले आर्थिक बर्षको बीचमा खाता परिवर्तन गर्न कठिनाई हुने जानकारी दिएको थियो । संसद सचिवालयले आर्थिक वर्ष २०७७-७८ सकिएपछि २०७८ असार ३१ गते पुन: अर्थ मन्त्रालयमा खाता परिवर्तनका लागि अनुरोध गरेको थियो ।

‘‍….अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक तथा महालेखा नियन्त्रकको कार्यालयमार्फत हालै सिंहदरबारस्थित सबै कार्यालयका सरकारी खाताहरू सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमार्फत सञ्चालन गर्न निर्देशन दिएको छ’ संघीय संसद सचिवालयका प्रवक्ता डा. पाण्डेले भने ।

हेर्नुहोस् पत्र-

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu