Connect with us
Kapilvast Forest

नेपाल टेलिभिजनका अध्यक्ष डा. विष्टद्वारा राजीनामा

२०७८, २२ श्रावण शुक्रबारमा प्रकाशित

काठमाडौँ – नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा। महेन्द्र विष्टले राजीनामा दिनुभएको छ । डा। विष्टले प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा दिनुभएको हो ।तत्कालिन केपी शर्मा ओली सरकारले विष्टलाई चार वर्षका लागि नियुक्त गरेको थियो । विष्टले आफूलाई नियुक्त गर्ने तत्कालिन सरकारलाई धन्यवाद दिनुभएको छ ।

विष्टले आफ्नो कार्यकालमा नेपाल टेलिभिजनका सबै च्यानलहरूलाई एचडी प्रविधिमा रुपान्तरण गर्ने, रुग्ण आयोजनाको रुपमा रहेको इटहरी प्रसारण केन्द्रको भवन निर्माण कार्य सम्पन्न गरी एनटीभी इटहरी च्यानल सञ्चालन गर्ने, लामो समयदेखि हप्ताको केही घण्टा मात्र उत्पादनमा सीमित रहेको एनटीभी कोहलपुर प्रसारण केन्द्रलाई एनटीभी कोहलपुर च्यानलका रुपमा समाचार बुलेटिनसहित दैनिक सात आठ घण्टाको कार्यक्रम उत्पपादनसहित चौबीसै घण्टा नियमित प्रसारणमा ल्याउने, डिजिटल प्लेटफर्ममा नेपाल टेलिभिजनको बलियो उपस्थिति गराउने, संस्थानको व्यापार विस्तार गरी तीन वर्ष अघिको तुलनामा करिव ३३ प्रतिशतले वृद्धि गर्ने जस्ता कार्यहरू भएको उल्लेख गर्नु भयो ।

‘समाचार निर्देशिका, शैली पुस्तिका, ड्रेस कोड, कार्यक्रम मापदण्ड, खर्च नियन्त्रण कार्यविधि आदि जारी गर्नुका साथै संस्थाको विद्यमान कानुन, संगठन संरचना, व्यावस्थापकीय शैली र रणनीतिमा परिवर्तन गरिएको छ । यसले संस्थालाई मितव्ययी, पारदर्शी र परिणाममुखी बनाउनुका साथै कर्मचारीमा उत्प्रेरणा बढाउन सहयोग पुगेको छ,’ राजीनामा दिएपछि विष्टले भन्नुभएको छ ,

‘समग्रमा यो अवधिमा नेपाल टेलिभिजनको विषयवस्तु, प्रस्तुति, प्रविधि र व्यापारमा भएको उल्लेखनीय सुधारले नेपाल टेलिभिजनको आर्थिक अवस्था सुदृढ हुनुका साथै लोकप्रियता र साख बढेको मेरो विश्वास छ ।’अध्यक्ष विष्टले नेपाल टेलिभिजनले सुधारका यी प्रक्रियामा नयाँ इँटा थप्दै यसै आर्थिक वर्षमा विश्वमा नेपालको उपस्थिति अझ बलियो बनाउन एनटीभी वर्ल्ड सञ्चालन गर्ने तयारी भएको, शैक्षिक र मौसम च्यानल सञ्चालन गर्ने योजना पनि अघि बढेको उल्लेख गर्नु भएको छ ।

‘सिंहदरवार प्लाजामा अडिटोरियम हल सहितको बहुतले भवन निर्माणको साथै एनटीभीलाई विपतसम्बन्धी विषयको कार्यक्रम उत्पादन र प्रसारणमा नेतृत्वदायी र उदाहरणीय च्यानल बनाउन जापान सरकारको प्राविधिक सहयोगमा नयाँ परियोजना सञ्चालनको तयारी पनि अघि बढिसकेको छ,’ उहाँको भनाइ छ ।

दुुई दशकभन्दा लामो समयदेखि मूलधारको पत्रकारिता गर्नुभएका विष्ट नेपाल पत्रकार महासंघको अध्यक्ष, न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षलगायतका जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । विष्टले राजीनामा दिएसँगै नेपाल सरकार, नेपाल टेलिभिजनका सहकर्मीहरू तथा सहकार्यमा रहेका एजेन्सी, निकाय तथा संघसंस्था एवम् सम्बद्ध सबैमा आभार तथा धन्यवाद व्यक्त गर्नु भएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu