प्रचण्डले ढाडमा टेकेर टाउकोमा हान्ने नीति छोड्नुभएको रैन्छ :शंकर पोखरेल
काठमाडौं- लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शंकर पोखरेलले माओवादीका अध्यक्ष प्रचण्डले जनयुद्धकालीन ढाडमा टेकेर टाउकोमा हान्ने नीति नछोडेको टिप्पणी गर्नु भएको छ ।आफूहरुले भरोसा गरेर चुनावी गठबन्धनसँगै पार्टी एकता गरे पनि प्रचण्डले माधव नेपालको ढाडमा टेकेर एमाले अध्यक्ष केपी शर्मा ओलीको टाउकोमा हान्ने कोसिस गरेको उहाँको आरोप छ ।
पुष्पकमल दाहाल प्रचण्ड माओवादीका नेता,उहाँलाई आधार बनाएर हामीले चुनावी गठबन्धन गर्यौं । पार्टी एकता गर्यौं तर उहाँले ढाडमा टेकेर टाउकोमा हान्ने नीति छोड्नु भएको रैन्छ,’ पोखरेलले भन्नुभयोमाधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्ने कोसिस गर्नुभयो ।’ आजको परणामले त्यही पुष्टि भएको उहााँँल बताउनुभयो ।
दाङमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै नेता पोखरेलले प्रचण्डमा रहेको अस्थिरता, अवसरवाद र महत्वकांक्षाको संयोजनका कारण देशमा अहिले अस्थिरता सिर्जना भएको आरोपसमेत लगाउनुभयो ।