Connect with us
Kapilvast Forest

भूपू गोर्खा सैनिकहरुको माग सम्बोधन न गर्नु खेदजनक:  भीम रावल

२०७८, ३२ श्रावण सोमबारमा प्रकाशित

bhim.jpg

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेपाल सरकारले नै भूपू गोर्खा सैनिकहरुलाई हत्तोसाहित गर्नु खेदजनक भएको बताउनुभएको छ ।प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा रावलले १० दिनदेखि आमरण अनसनमा बसेका भूपू गोर्खाहरुको माग सम्बोधनका लागि बेलायत सरकारले वार्ता टोली समेत नबनाउनु आपत्तिजनक भएको बताउनुभयो । समस्या समाधानका लागि अब नेपाल सरकारको सक्रिय संलग्नतामा पहल गर्नुपर्ने बताउनुभएको छ ।

तर परराष्ट्र मन्त्रालयले भूतपूर्व गोर्खाहरुले आमरण अनसन गर्न सुहाउने कुरा होइन भनेर संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पत्र पठाएको सांसद रावलले बताउनुभयो ।

उहाँले भन्नुभयो , ‘आफ्ना देशका नागरिकहरुको हकहितमा जोडदार आवाज उठाउनुपर्नेमा आफ्ना न्यायोजित माग उठाउने भूतपूर्व गोर्खाहरुलाई हतोत्साहित गर्ने गतिविधि गर्नु खेदजनक हो ।’

उहाँले भूतपूर्व गोर्खाहरुको समस्या समाधानका लागि नेपाल सरकारको सहभागितामा वार्ता समिति गठन गर्नुपर्ने र समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu