Connect with us
Kapilvast Forest

ओली पक्षका दुई सांसद नेपाल पक्षको बैठकमा सहभागी

२०७८, १ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौँ – पार्टी विभाजनको संघारमा रहेको बेला नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु नयाँ बानेश्वरको एक होटलमा छलफलमा जुटेको छ । नयाँ पार्टी दर्ता भएपछि कसरी अगाडि बढ्ने भन्ने तयारीमा छलफल भइराखेको जनाएको छ ।

वरिष्ठ नेता माधव नेपाल पनि सहभागी रहेको स्रोतले जनाएको छ । ओली पक्षका दुई सांसद नेपाल पक्षको बैठकमा सहभागी रहेको जनाएको छ ।   यसअघि के पी ओली समुहमा रहेका माया ज्ञवाली र वामदेव पत्नी तुलसी थापा नेपाल पक्षको बैठकमा सहभागी रहनुभउको छ । बैठकमा एमाले एकताको लागि गठित कार्यदलका सदस्यहरुको भने उपस्थिति छैन ।