Connect with us
Kapilvast Forest

देउवाले अध्यादेश फिर्ता लिनुपर्छ,ओली र नेपालले सम्झौता गर्नुपर्छ : योगेश भट्टराई

२०७८, १ भाद्र मंगलवारमा प्रकाशित

yoges

काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजन सम्बन्धी अध्यादेश विनाशर्त फिर्ता लिनुपर्ने बताउनु भएको छ ।सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि प्रतिक्रिया दिंदै उहाँले राजनीतिक दलको विभाजनलाई सजिलो हुने गरी अध्यादेश जारीगर्नु मुलुकलाई अस्थिरता र अराजकतातिर धकेल्ने सुनियोजित षडेयन्त्र भएको बताउनु भएको छ ।

यस्तै पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले केही कदम पछाडि हटेर त्याग गर्नुपर्ने उहाँको भनाइ छ ।उहाँले भन्नु भएको छ ‘आजका दिनमा प्रधानमन्त्री शेरबहादुर देउवाले यो अध्यादेश बिनाशर्त फिर्ता लिनु पर्दछ । कमरेड केपी ओली र कमरेड माधव नेपालले मुलुक र भावी पुस्ताको भविष्यलाई सम्झेर केही कदम पछि हटेर त्यागका साथ सम्झौता गर्नुपर्दछ ।’

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu