माधव नेपालको नयाँ पार्टीमा वामदेव ‘अनुपस्थित’
काठमाडौं – एमालेबाट विभाजित भएर बनेको एमाले समाजवादी पार्टीमा वामदेव गौतम अनुपस्थित देखिनु भएको छ । उहाँले नेपाललाई साथ दिने आश्वासन दिएको भए पनि आज दर्ता भएको पार्टीको ९५ सदस्यीय केन्द्रीय कमिटीमा उहाँको नाम छैन ।
गौतम पार्टीमा विवाद शुरू भएसँगै कहिले यता र कहिले उता गरिरहनु भएको छ । नेपाल समूह नयाँ पार्टी गठनका लागि कस्सिएपछि त्यसमा आफ्नो साथ रहने उहाँले बताउनु भएको थियो । तर, आज दर्ता भएको एमाले समाजवादी पार्टीमा उनी अनुपस्थित देखिनु भएन ।नेपाल एकल अध्यक्ष रहेको पार्टीमा झलनाथ खनाल वरिष्ठ नेताको हैसियतमा हुनुन्छ ।