कपिलवस्तुमा निर्मित पार्टी कार्यालयको प्रधानमन्त्री देउवा र बरिष्ठ नेता पौडेलले उदघाटन गर्ने
कपिलवस्तु –नेपाली कांग्रेस कपिलवस्तुको तौलिहवा स्थित नव निर्मित पार्टी कार्यालय भवनको प्रधानमन्त्री तथा पार्टी सभापति शेर बहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले संयुक्तरुपमा उदघाटन गरिने भएको छ ।
आगामी भदौ १६ गते बिहान ९ बजे अनलाईन मार्फत एक करोड बढी लागतमा बनाइएको भवनको उदघाटन गर्ने कार्यक्रम तय भएको पार्टीका जिल्ला सभापति सुुरेन्द्रराज आचार्यले बताउनु भयो ।
‘ ‘ प्रधानमन्त्री देउवा र बरिष्ठ नेता पौडेलले अनलाइन मार्फत शिलालेख पढेर भववनको उदघाटन हनेछ ’ पार्टी सभापति आचार्यले भन्नु भयो । नेता द्धयले उदघाटन पछि सम्बोधन समेत गर्ने कार्यक्रम छ । कपिलवस्तु, बुद्धभुमी, बाणगंगा, महाराजगंज नगरपालिका लगातयको भवन निर्माणमा सहयोग गरेका छन । पार्टीको तल्लो तलमा रहेको हल सहीतको भवन निर्माण भई सकेको छ भने माथील्लो तला अझै पन िनिर्माण कै क्रममा छ । भवन उदघाटन कार्यक्रममा सहभागी हुन पार्टीले आग्रह गरेको छ ।