बागमती नदीमा शव फेला
काठमाडौँ- काठमाडौँको बागमती नदीमा एक जनाको शव फेला परेको छ । काठमाडौँका महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित बागमतीमा शव फेला परेको हो । बागमती नदीमा काभ्रेपलाञ्चोकको शारदा बतासे–८ घर भएका बिक्रम तामाङ मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । बिक्रम काठमाडौँमा सवारी चालकको काम गर्दै आएका थिए । उनको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।