Connect with us
Kapilvast Forest

जनताका पक्षमा काम नगर्ने हो भने पार्टी विघटन गरे हुन्छ : प्रचण्ड

२०७८, १८ भाद्र शुक्रबारमा प्रकाशित

काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताका लागि काम नगर्ने पार्टीको अर्थ नभएको बताउनुभउको छ । शुक्रबार माओवादी केन्द्र बागमती प्रदेश समितिको प्रशिक्षणमा बोल्दै प्रचण्डले जनताका लागि काम नगर्ने हो भने पार्टी विघटन गरे हुने बताउनुभएको हो ।

वर्गीय पक्षधरता र क्रान्तिकारी संस्कृति भएन भने र उत्पीडित जनताको पक्षमा काम गरिएन भने पार्टीको काम नहुने उनको भनाइ छ। नेता–कार्यकर्ताहरू जनतामा फर्किनुपर्ने बताउँदै उनले यस्तो गरेमा मात्र पार्टी बन्ने र समाजवादको बाटो कोरिने उहाँले बताउनुभएको छ ।

प्रशिक्षण भेलामा जिल्ला अध्यक्षहरूले रिपोर्टिङ गरेका छन्। केन्द्रीय समितिको बैठकको निर्णय कार्यान्वयनकै सिलसिलामा यी बैठकहरू भइरहेका हुन्। यसअघि केन्द्रले कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको प्रशिक्षण गरिसकेको छ।