Connect with us
Kapilvast Forest

संसद अधिवेशन बोलाउने सरकारको तयारी

२०७८, १९ भाद्र शनिबारमा प्रकाशित

काठमाडौं – सरकारले संघीय संसदको अधिवेशन बोलाउने तयारी गरेको छ । त्यसैका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख र सत्तारुढ गठबन्धनका नेताहरुसँग छलफल गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले सभामुख अग्नि सापकोटा र सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुसँग शनिबार छुट्टा–छुट्टै भेटवार्ता गरेका हुन् । सभामुख सापकोटासँगको भेटमा प्रधानमन्त्री देउवाले संसद अधिवेशन बोलाउने विषयमा छलफल गरेको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।

सभामुखसँगको छलफल लगत्तै प्रधानमन्त्री देउवाले गठबन्धनका नेताहरुसँग छलफल गरेका थिए । सभामुखसँगको छलफलपछि गठबन्धनका नेताहरुसँग पनि प्रधानमन्त्री देउवाले संसद अधिवेशनका विषयमा छलफल गर्नु भएको हो । छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायत अन्य नेताहरु पनि सहभागि थिए।

उपत्यका बाहिर रहेकाले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव भने उपस्थित थिएनन्। छलफलमा संसद अधिवेशन बोलाउनेसहित बजेट, अध्यादेश लगायतका विषयमा छलफल भएको खड्काले जानकारी दिनुभयो ।

मन्त्रीपरिषद् विस्तार ढिलाई हुने कुरा गठबन्धनका नेताहरुले नै बताइसकेकाले यस विषयमा आज छलफल नभएको खड्काको भनाई छ । यसअघि शुक्रबार बेलुका पनि मन्त्रिपरिषद् विस्तार र गठबन्धनलाई थप प्रभावकारी बनाउने विषयमा देउवा, प्रचण्ड र नेपालबीच छलफल भएको थियो ।

गत असार २९ गते प्रधानमन्त्री बनेका देउवाले हालसम्म पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् । निर्वाचन आयोगले एकीकृत समाजवादी रोज्नेका लागि भदौ २२ गतेसम्म समय दिएकाले त्यसपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने सहमति गठबन्धनका शीर्ष नेताबीच भएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu