Connect with us
Kapilvast Forest

विश्वप्रकाशको प्रस्ताव : राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक

२०७८, ३ आश्विन आईतवारमा प्रकाशित

 

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका नेता विश्वप्रकाश शर्माले राष्ट्रपतिमा एक पटक र प्रधानमन्त्री दुई पटक भन्दा बढी हुन नपाइने व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।

आइतबार गृह जिल्ला झापामा ‘हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन; शीर्षकको अवधारणापत्र सार्वजनिक गर्दै उनले राष्ट्रपति पदमा दोहो¥याएर र प्रधानमन्त्रीमा २ पटक भन्दा बढी शपथ लिन नपाइने व्यवस्था गरेका हुन् ।

 

वान, टु, थ्री, फोरको नारा दिँदै उनले एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक भन्दा सांसदको शपथ लिन नपाउने प्रस्ताव गरेका हुन् ।आइतबार कार्यक्रममा उनले भने ‘यसो गरेमा राजनीतिमा उमेर हद तोक्दै पर्दैन ।’ यो व्यवस्था अनुशरण गरेमा शासकीय पदमा आगमन र बहिर्गमनको भिन्न प्रणाली निर्माण हुने भन्दै शर्माले रचनात्मक प्रणाली हासिल हुने बताएका छन् ।

नेता शर्माले राजनीतिकर्मी स्वाबलम्बी बन्नुपर्ने र स्वच्छताको सन्देश दिनुपर्ने बताए । हरेक तहको राजनीतिक नेतृत्व र सदस्य आर्थिक रुपले आत्मनिर्भर बन्ने र प्रेरणादायी बन्नुपर्ने भन्दै उनले तीन दिन पार्टीको काम गर्ने र चार दिन रोटीका लागि काम गर्ने नारा दिएका छन् ।

शर्माले नेपालमा पटक पटक राजनीतिक परिवर्तन भएको भन्दै अब राजनीतिमा परिवर्तन गर्नुपर्ने बेला भएको बताए । ‘हाम्रो राजनीतिको छविप्रति उब्जिएको प्रश्न र विकर्षणलाई सूत्रवद्ध गर्दै तिनको समयोचित हल साझा ढंगले पहिल्याऔं’ उनले भनेका छन् ।

शर्माले संविधान बनाउनेले संविधानप्रति इमान राख्नुपर्ने र विमति राख्नेले पनि संविधानसभाको सम्मान गर्नुपर्ने बताएका छन् । भिन्न दर्शन, भिन्न दल, भिन्न नेतृत्वको आपसमा थुप्रै फरक मत राखेर संविधान निर्माण गरेको भन्दै शर्माले भनेका छन् ‘जो जसले संविधान निर्माणमा सहकार्य गर्‍यौं, तिनैले यसको स्वामित्व नलिने र यसप्रतिको फरकमतलाई मुद्दा बनाउने हो भने त्यो जिम्मेवार राजनीतिको परिचय हुन सक्दैन ।’

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu