तौलिहवा आखा अस्पतालमा २० हजार बढीको आखाको जाच
कपिलवस्तु -रण अम्बिका शाह तौलिहवा शाखा आखा अस्पतालले गत आर्थिक बर्ष २०७७÷०७८ मा २० हजार बढी आखाका बिरामीको चेकजाच गरेको छ । आखाको सेवालाई बिस्तार गर्दै लगेको अस्पतालमा एक बर्षमा २० हजार ४३७ जना आखाका बिरामीको जाच गरिएको हो । यस्तै एक बर्षमा ९ सय ५ जना मोतिया बिन्दु रोगीको अप्रशेन गरिएको अस्पतालकी डाक्टर मोहीनी श्रेष्ठले बताउनु भयो ।
बिभिन्न स्थानमा चलाइएको आखा शिबिरबाट ५ सय ६७ र आखा अस्पतालमा चेकजाच गर्दा ३ सय ३५ जना मोतियाबिन्दुका रोगी फेला परेको उहाँले बताउनु भयो । जिल्लाका बिभिन्न १२ स्थानमा चलाइएको निःशुल्क आखा उपचार क्याम्पमा २५ सय ६० बिरामीको जाच गरिएको थियो ।
ढेड सय जना बिपन्न मोतिया बिन्दु लागको रोगीहरुको निःशुल्क अप्रेशन गरिएको नेत्र ज्योति संघ कपिलवस्तुका अध्यक्ष रमेश शर्माले बताउनु भयो । १५ जनालाई निःशुलक चस्मा समेत बाडिएको थियो ।
कोरोनाका कारण अस्पतालको उपचार सेवा प्रभावित भए पनि एक बर्षमा २० हजार बिरामी अस्पताल आउनु नै अस्पताल प्रति बिश्वास बढको अध्यक्ष शर्माले बताउनु भयो । उहाँले अस्पतालको सेवा बिस्तार र प्रभावकारी सेवा उपलब्ध गराउन सबैको साझा प्रयास आवश्यक रहेको बताउनु भयो । ‘ हामीले आखा अस्पतालको सेवालाई थप बिस्तार गर्दै लान जरुरी छ ’ उहाँले भन्नु भयो ।