Connect with us
Kapilvast Forest

शिवराज १ मा तिन दिने बाख्रा पालन तालिम सम्पन्न

२०७८, १० कार्तिक बुधबारमा प्रकाशित

 कपिलवस्तु- कपिलवस्तुको शिवराज १ मा संचालित ३ दिने व्यावसायिक बाख्रा पालन सम्बन्धि तालिम सम्पन्न भएको छ ।समापन कार्यक्रमलाई सम्बोधन गर्दै
बनकसवास क्षेत्र बाख्रा पालनको लागि उपयुक्त ठाउँ मानिएको हुदा झन यो तालिम पछि किसानलाई व्यवसाहिक हुन सहयोग पुग्ने बताउनु भयो। उपप्रमुख थारुले बाख्रा पालन पशु पालनमा केहि समस्या परेमा शिवराज नगरपालिका पशुशाखामा सल्लाह लिन अनुरोध गदै किर्डाक नेपालले गरेका हरेक काम सरायिन भएको बताउनु भयो ।

शिवराज नगरपालिका नगरउपप्रमुख शिव कुमारी थारुले शिवराज १ को बनकसवास बाख्रा पालनको लागि पकेट क्षेत्रको रुपमा रहेको बताउनु भयो । ३ दिने बाख्रा पालन तालिमको बुधबार समापनको सम्बोधन गदै उहाँले

बाख्रा पालक किसानहरुको लागि बाख्रा पालन आर्थिक प्रगतीको स्रोतको रुपमा रहने बताउनु भयो । उहाँले आउँदा दिनमा पनि यस्ता खालका कार्यक्रम गाउँ गाउँमा पुर्‍याउन सके धेरै कृषक हरु लाभान्वित हुन सक्ने बताउनु भयो

वडा न १का वडाअध्यक्ष्य जगत बहादुर जिसीले पशुपालनको लागि उपयुक्त ठाउँ छनोट गर्न सकिएन भने लगानि खेर जाने हुन्छ ।त्यैसले तराइको ठाउँ भएपनि शिवराज नगरको १,३र ९वडा बाख्रा पालनको लागि पकेट क्षेत्र मानिएको हुदा प्रम्परागत भन्दा वैज्ञानि ढग्गले ब्यवसाहि हुनु पर्न किसानलाइ जोड दिनु भयो ।
किर्डाक नेपाल संस्थाले आफनो वडामा बालबालिका,किसोर किसोरी समुदायको लागि शुसुचित गराएको बताउदै आफुले भगवानरुपि संस्था भन्न रुचाउने बताउनु भयो । आगमि दिनमा पनि यस्तै सहकार्य हुने अध्यक्ष्य जि सीले बताउनु भयो ।
समुदायका किसानको लागि कसरी ब्यवसाहि बन्न सकिन्छ। आफुले उत्पादन गरेका बस्तुको उचित मुल्य पाउन कसरी सकिन्छ। भन्ने तालिमको मुख्य उद्धेश्य रहेको किर्डाक नेपालका जिल्ला संयोजक कृष्न रावलले बताउनु भयो । बाख्रा पालनको लागि मौसम, दाना, औषधि उपचार कसरी गर्न भन्ने विषयमा रहेर तालिम दिएको शिवराज नगरपालिका पशुसेवाशाखा प्रमुख थानेश्वर खनालले बताउनु भयो ।
३० जना सहभागि मध्ये २सय ८६ओटा बाख्राको लागि नि शुल्क औषधि वितरण गरेको शिवराज नगर नायव पशु स्वास्थ्य प्राविधिक अब्दुल उमर मुसलमान बताउनु भयो ।सहभागिले तालिमबाट धेरै कुरा सिकेको बताएका थिए । समापनमा शिवराज नगरपालिका कार्यपालिका सदस्य लक्ष्मि हमाल टिका कामी,वडा सदस्य रामलिले थारु,किर्डाक नेपालका कार्यक्रम अधिकृत शिरी बहादुर भन्डारी र राजेश चौधरीको पनि सहभागिता रहेको थियो ।
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu