Connect with us
Kapilvast Forest

स्रोत नखुलेको ८ लाखसहित एक जना पक्राउ

२०७८, ११ कार्तिक बिहीबारमा प्रकाशित

pakrau fiture

विराटनगर-प्रहरीले विराटनगरबाट स्रोत नखुलेको आठ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय रानीले विराटनगर(१८ भेडियारीबाट स्रोत नखुलेको ८ लाख २० हजार रुपैयाँसहित बिहीबार एक जनालाई पक्राउ गरेको हो।

को २९ प ८६४० नम्बरको स्कुटरमा सवार झापा बिर्तामोड(३ का ३४ वर्षीय उमेश साहले बोकेको रकमको स्रोत नखुलेपछि उनलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ।

भारतबाट पैसा लिएर विराटनगरतर्फ आउने क्रममा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।पक्राउ गरेको रकम हुण्डी कारोबारीको भएको आशंका गरिएको छ। पक्राउ परेका साह भरिया हुन्। भारतदेखि पठाएको सो रकम गन्तव्यसम्म पुर्‍याउने क्रममा प्रहरीले पक्राउ गरेको हो।

 

प्रहरीले नेपाली नगद १ हजारको ३३५ थान, ५ सयको ६४० थान, १ सयको १६०० थान र ५० को १०६ थान नोट बरामद गरेको जानकारी दिएको छ।स्रोत नखुलेको रकमसहित पक्राउ परेका साहलाई थप कारबाहीको लागि इटहरीस्थित राजश्व अनुसन्धान कार्यालय सुनसरी बुझाइएको मोरङ प्रहरीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिनु भयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu