Connect with us
Kapilvast Forest

राजीनामा दिन प्रधानन्यायाधीश जबरालाई बारको ५ दिने अल्टिमेटम

२०७८, १२ कार्तिक शुक्रबारमा प्रकाशित

 

काठमाडौं – कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएसनले राजीनामा दिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई ५ दिने अल्टिमेटम दिएको छ ।प्रधानन्यायाधीश जबराको राजीनामा मागेको बारले शुक्रबार कार्यसमितिको बैठकबाट दबावमुलक आन्दोलन घोषणा गरेको छ । आइतबारदेखि बुधबारसम्म बिहान १० देखि ११ बजेसम्म कालो पट्टी बाँधेर सर्वोच्चमा विरोध कार्यक्रम गर्ने र १६ गते बारको प्राङ्गणमा धर्ना तथा विरोध सभा गर्ने बारको निर्णय छ ।

 

बार महासचिव लीलामणि पौडेल भन्नु भयो , ‘आफू उपर यत्रो प्रश्न उठेपछि सम्माननीय प्रधानन्यायाधीश जस्तो व्यक्तिले अस्तिकै दिन राजीनामा दिइसक्नु पर्ने थियो । नदिनु भएकाले यो कार्यक्रम घोषणा गर्नु परेको हो ।’

थप बद्नाम हुन नदिन आन्दोलनको अवधिभर जबराले राजीनामा दिइसक्ने बारको दाबी छ । उपाध्यक्ष रक्षा बस्यालले भनिन्, ‘राजीनामा नआए विरोधका थप कार्यक्रम घोषणा गर्नेछौं ।’

यसअघि पनि नेपाल बारले आन्दोलन गरेको स्मरण गर्दै नेपाल बारका महासचिव पौडेलले भन्नु भयो , ‘आन्दोलन नेपाल बार एशोसिएसनको रहर होइन, बाध्यता हो । समय क्रममा हाम्रा आन्दोलनले निश्चित निकास पनि दिएका छन् । हामी आशा र विश्वास गर्छौं, यो आन्दोलनले पनि एउटा निश्चित निष्कर्षमा पुर्‍याउनेछ ।’

अदालतमा हुने विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको तथा न्यायपालिकाको गरीमा कायम गर्न नसकेकाले राजीनामा मागिएको भन्दै बार एशोसिएसनले सर्वोच्चको इजलासमा बसेर आदेश वा फैसला नगर्न जबरासँग माग गरेको छ । सर्वोच्चका अरु न्यायाधीशहरुले इजलासमा बसेर मुद्दा नहेरिरहेका बेला प्रधानन्यायाधीश जबराले भने पछिल्ला दिनहरुमा इजलास राखेर बन्दी प्रत्यक्षीकरण लगायतका मुद्दा हेर्न थालेका थिए ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu