सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा शाही
कपिलवस्तु-सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सूर्यकुमारी शाही सर्वसम्मत चयन हुनुभएको छ । आज सम्पन्न २५ औं बार्षिक साधारण सभा तथा १२ औँ अधिवेशनमा शाही सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो ।
जसको उपाध्यक्षमा त्रिलोचन घिमिरे, सचिवमा हरिलाल शर्मा, सहसचिवमा दुर्गा अर्याल, काषोध्यक्षमा शोभा आचार्य चयन हुनुभएको छ भने सदस्यहरुमा ईन्दिरा भट्टाराई, गोविन्द खनाल, चेतना अधिकारी, रोमकान्त घिमिरे र चेतकला वि.क. रहनुभएको छ । यसै गरी लेखा समिति संयोजकमा हरी अधिकारी, बाबुराम रायमाझी, सिता पंगेनी, ईशा जि.सी. र प्रभात विक्रम क्षेत्री निर्वाचित भएका छन् ।
अधिवेशनमा संस्थाका सचिव रोमकान्त घिमिरेले बार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष हरिलाल शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । जसलाई सर्वसमतीबाट पारित गरिएको छ । कार्यक्रम संस्थाका अध्यक्ष तेज प्रसाद आचार्यको अध्यक्षता, संस्थापक अध्यक्ष सागर प्रसाद श्रेष्ठको प्रमुख आथित्यता, उपाध्यक्ष सुर्य कुमारी शाहीको स्वागत र सचिव रोमकान्त घिमिरेको संचालनमा सम्पन्न भएको छ ।