हिमाल आरोहणका क्रममा तीन फ्रान्सेली बेपत्ता
काठमाडौं – सोलुखुम्बुको खाङतेगा हिमाल आरोहण गर्ने क्रममा तीन फ्रान्सेली नागरिक बेपत्ता भएका छन्। काठमाडौंस्थित होलिडे हिमालयन एक्सपीडीसन नामक कम्पनीबाट आठ जना फ्रान्सेली नागरिकहरुले सोलुखुम्बुको खाङतेगा र चोलात्से हिमाल आरोहणका लागि अनुमति लिएका थिए।
उनीहरु खाङतेगा हिमाल आरोहणका क्रममा बेपत्ता भएका हुन। बाँकी ५ जना फ्रान्सेलीहरु कम्पनीको सम्पर्कमा आएका छन्। सोमबार बिहानैदेखि नेपालस्थित फ्रान्सेली दूतावास र होलिडे हिमालयन एक्पीडीसनले संयुक्त रुपमा हेलिकप्टरबाट उनीहरुको खोजी गरिरहेको छ। तीन फ्रान्सेलीको खोजी कार्य तीब्र पारे पनि यो खबर तयार पार्दासम्म उनीहरु फेला नपरेको पर्यटन विभागले जानकारी दिएको छ।