Connect with us
Kapilvast Forest

तराईमा छठ पर्वको रौनक

२०७८, २१ कार्तिक आईतवारमा प्रकाशित

 

वीरगन्ज-तिहार सकिए लगत्तै तराई मधेसमा छठ पर्वको तयारी पनि सुरु भइसकेको छ।तराई मधेसका बजारहरुमा अहिले छठ पूजा र पर्वका लागि चाहिने पुजन सामाग्री, बासका सामाग्री, माटाका भाडा, फलफूल, खाद्य सामग्री, नयाँ लुगाकपडा पसलहरुमा ग्राहकहरुको भीडभाड बढेको छ।

दीपावली सकिए लगत्तै चार दिनपछि नै छठ सुरु हुने हुँदा बजारमा छठ पूजामा प्रयोग हुने पुजन सामाग्री बाँसको चोयाबाट बनाइएका छैठा(टोकरी), नाङलो र सुपली, माटोको कलश, ढकनी, कोशी दियो, फलफूल, तेल, मशाला जस्ता खाद्यान्नहरुको पसलमा अहिलेदेखि नै ग्राहकहरुको भीडभाड देखिएको छ।

 

वीरगन्जको घण्टाघर चोकस्थित सडक छेउमै छठमा प्रयोग हुने बाँसको चोयाबाट बनाइएका सामाग्रीका पसलहरु थापिएका छन्। यस्तै विपी एदान परिसर बाहिर माटाका सामाग्रीहरुका करिब चार दर्जनको संख्यामा पसलहरु थापिएका छन् ।

‘छठको तीन÷चार दिन पहिले नै सबै सामानको जोरजाम गरिसक्नु पर्छ’, शनिवार वीरगन्जको घण्टाघर चोकमा छठका लागि बाँसको चोयबाट बनाइएको छैठा किन्दै गरेकी जगरनाथपुरकी कुसुम देवीले भनिन्, ‘तीन÷चार दिन पहिले किन्दा केही सस्तो पनि पर्छ।’

मधेसको सबै भन्दा ठूलो पर्व छठमा नयाँ लुगाकपडा लगाउनु पर्ने चलन रहेकाले वीरगन्जका कपडा पसलहरुमा पनि ग्राहकहरुको घुइँचो लागेको छ।

 

छठ पर्व सोमबारदेखि विधिवत रुपमा सुरु हुने भएपनि बजारमा किनमेल गर्नेहरुको शनिवारदेखि नै चहलपहल बढेको व्यपारीहरुले पनि बताएका छन्।

भोजपुरी भाषा र संस्कृतिविद् उमाशंकर द्विवेदीले पनि तराई मधेसमा छठपूजा मनाउनेहरुले दीपावली बितेसँगै छठ पूजाको किनमेल गर्ने गरेको बताए।

‘लक्ष्मीपूजाको ठिक चार दिन पछि नै छठ पूजा विधिवत रुपमा सुरु हुन्छ, दिपावली सकिए लगत्तै छठका लागि घरमा अरु कामहरु पनि थुप्रै हुन्छन्’, उनले भने, ‘त्यसैले छठको दुई÷तीन दिन पहिलादेखि नै बजारमा किनमेल सुरु हुन्छ।’

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu