Connect with us
Kapilvast Forest

खोलामा डुबेर मेयरका छोराको मृत्यु

२०७८, ५ मंसिर आईतवारमा प्रकाशित

dubnu

 

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेब चौधरीका छोराको खोलामा डुबेर शनिबार दिउँसो ज्यान गएको छ। साथीसँग पिकनिक खान चौदन्डीगढी नगरपालिका १० पुगेका ३० वर्षीय मनोज चौधरीको स्थानीय देबधार खोलामा डुबेर ज्यान गयको हो।

मध्यान १२ बजे खाजा खाएर खोलामा नुहाउन गएका चौधरीको दहमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डिएसपि बेदप्रसाद गौतमले जानकारी दिनु भयो ।
खाजा खाएर बेपत्ता भएका चौधरी कतै नदेखिएपछि खोजी गर्दा दहमा डुबेको अवस्थामा फेला परेका सँगै गएका साथीलाई उद्धृत गर्दै मृतकका आफन्त रबिन्द्र चौधरीले बताउनु भयो।

घटनाको थप अनुसन्धान भैरहेको डिएसपि गौतमले जानकारी दिनु भयो । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu