महाधिवेशन प्रतिनिधिमा पाण्डेयको उम्मेदवारी
कपिलवस्तु-नेपाली काँग्रेसको १४ औ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा ईश्वरी प्रसाद पाण्डेयले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
कपिलवस्तु प्रतिनिधि सभा ३ वाट उहाँले उम्मेदवारी घोषणा गर्नुभएको हो । नेपाली काँग्रेसका लोकप्रिय नेताको रूपमा चिनिने पाण्डेयको जित सुनिश्चित रहेको समर्थकहरूको भनाई छ । चन्द्रौटा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष समेत रहनुभएको पाण्डेयले महाधिवेशन कुशल नेतृत्व चयन गर्नुपर्ने भएकोले पार्टी सञ्चालन र मजबुतको लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।
गुटगत राजनीतिको अन्त्य ,पार्टीको नम्स , सैद्धान्तिक वैचारिक र अनुशासनको राजनीति,वित्तीय शिक्षा ,समय सापेक्ष आधुनिक शिक्षा प्रणाली ,एकीकृत बस्ती विकास, दीर्घकालीन योजना सहित को विकास निर्माण आफ्नो अभियान रहेको र यसमा सबैको साथ रहने दाबी गर्नुभयो ।