Connect with us
Kapilvast Forest

कर्णाली प्रदेश सभा अधिवेशन अन्त्य

२०७८, १६ मंसिर बिहीबारमा प्रकाशित

karnali-pardes.jpg

 

सुर्खेत- कर्णाली प्रदेश सभाको नवौं अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि मंसिर १४ गते आह्वान गरिएको अधिवेशन अन्त्य गरिएको हो ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव भीमराज थानीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम बुधबार राति १२ बजेबाट कर्णाली प्रदेश सभाको चालु नवौं अधिवेशन अन्त्य गरिएको व्यहोरा जानकारी गराइन्छ ।’

दुईवटा बैठक बसेर अन्त्य गरिएको नवौं अधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सहभागी भएन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu