विपतमा वाल संरक्षणको विषयमा छलफल
कपिलवस्तु- विपतमा वाल संरक्षणको विषयमा छलफल कपिलवस्तुको शिवराज नगरपालिकाका सबै वडाहरूमा बालबालिकाको संरक्षणको विषयमा छलफल भइरहेको छ । युनिसेफ तथा सिद्धार्थ सामाजिक विकास संस्थाको आयोजनामा नगरका बालबालिकाको अवस्थामाको बारेमा सरोकारवालाहरू सँग अन्तकृया गरिएको संस्थाका सामाजिक परिचालक निशा विकले बताउनुभयो ।
शिवराज नगरपालिका वडा २ का सरोकारवालाहरू सँगको छलफलमा निम्न स्तर भएका बालबालिकाहरू विभिन्न बहानामा जोखिममा रहेको बताइएको छ । छलफलमा सहभागीहरूले कतिपय बालबालिकाहरू कुलतमा लागेको भन्दै यसमा अभिभावक सचेत बन्नुपर्नेमा जोड दिएका थिए । छलफलमा वडा अध्यक्ष राम बहादुर चौधरीले वडा सदस्यहरूलाई विपतमा परेका बालबालिकाहरू अवस्था बुझ्न जिम्मेवारी दिएको बताउनुभयो ।
अहिले सम्म वडाका त्यस्ता बालबालिकाहरू फेला नपरेको भन्दै कतिपय बालबालिकाहरू पसल,इँटा उद्योग लगाएतमा काम गर्ने गरेको बताउनुभयो । विद्यालय उमेरका बालबालिकाहरू कोभिड पश्चात् विद्यालय नगएका बालबालिकाहरूलाई सङ्घ संस्थाको सहयोगमा भर्ना गरिएको अध्यक्ष चौधरीले बताउनुभयो ।
बालबालिकाहरूको मनोसामाजिक सहयोगको लागि वडामा रहेको सबै नागरिकहरूको सहयोग गर्नुपर्ने परिचालक निशा विकले बताउनुभयो । के कारणले बालबालिकाहरू विपतमा छन् ती कारणहरू पत्ता लगाई बालबालिकाहरू असर हुने खालका कृयकलापहरु समाज गर्न नहुनेमा जोड दिनुभयो । छलफल कार्यक्रममा विभिन्न समहु,सञ्जाल तथा वडाका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।