Connect with us
Kapilvast Forest

रुकुम पश्चिममा जन्ती बोकेको बस दुर्घटना अपडेट : एक जनाको ज्यान गयो,१० को अवस्था गम्भीर

२०७८, २१ मंसिर मंगलवारमा प्रकाशित

रुकुम पश्चिम – रुकुम पश्चिममा जन्ती बोकेको बस दुर्घटना हुँदा घाइते भएका एक जनाको ज्यान गएको छ ।

मुसिकोट नगरपालिका-१ घिमानेका ६७ वर्षका बुधुराम खड्काको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकामध्ये १० जनाको अवस्था गम्भीर रहेको र उनीहरुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो ।

बाँफिकोट गाउँपालिका-२ पिपलबाट दुलही लिएर मुसिकोट नगरपालिका-५ घिमाने जाँदै गरेको ग १ ख २१०९ नम्बरको बस मुसिकोट नगरपालिकाको वडा नम्बर २ रातामाटामा हिजो बेलुका दुर्घटना भएको थियो । घाइतेहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।

रुकुममा जन्ती बोकेको बस दुर्घटना ४० जना घाइते, १० को अवस्था गम्भीर

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu