Connect with us
Kapilvast Forest

मुख्यमन्त्री शाहीद्वारा सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा

२०७८, २१ मंसिर मंगलवारमा प्रकाशित

सुर्खेत-कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । पार्टीको केन्द्रीय सदस्य समेत रहेका उनले पिछडिएको क्षेत्रबाट उम्मेदवारी घोषणा गर्नु भएको छ ।

संस्थापन पक्षधर नेता शाहीले कर्णालीबाट पनि पार्टीको नेतृत्वदायी भूमिका पाए कुशलतापूर्वक निर्वाह गर्न सकिन्छ भन्ने हेतुले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेको बताउनु भएको छ । उहाँको नाम यसअघि कर्णालीको सभापतिका लागि पनि चर्चामा हुनुन्थ्यो ।

तर उहाँले आफ्नो सभापतिको लागि चाहना नभएको र आफ्नो पक्षबाट चार जनाले आकाङ्क्षा देखाएपछि पार्टी महामन्त्री पूर्णबहादुर खड्काले मिल्ने भए मिल नत्र जीवनलाई बनाउनुपर्‍यो भनेपछि नाम चर्चामा आएको बताउनु भएको थियो ।

शाही यति बेला कर्णालीको मुख्यमन्त्री बनेपछि सरकारलाई पूर्णता दिने कुरामा भने ध्यान दिएका छैनन् । मुख्यमन्त्री बनेको एक महिना भन्दा बढी भइसक्दा पनि उनले अहिले सम्म दुईवटा मात्र मन्त्री नियुक्त गरेका छन् भने बाँकी मन्त्रालय आफैसँग राखेका छन् । जसले गर्दा कार्यसम्पादनमा समेत समस्या भएको भन्दै मुख्यमन्त्री शाहीको आलोचना भइरहेको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu