माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका प्रतिनिधिले खाने र बस्ने व्यवस्था आफैं गर्नुपर्ने
काठमाडौँ – नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका प्रतिनिधिले खाने र बस्ने व्यवस्था आफैं गर्नुपर्ने भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक परिपत्र जारी गर्दै प्रतिनिधिहरु स्वयंले खाने तथा बस्ने व्यवस्था गर्न भनेका हुन्।
आगामी पुस ११ गतेदेखि १३ गतेसम्म करिब १ हजार ५०० प्रतिनिधिको उपस्थितिमा माओवादीले राष्ट्रिय सम्मेलन गर्न लागेको हो। परिपत्रमा प्रतिनिधिहरूलाई राष्ट्रिय सम्मेलनमा सहभागिताका लागि प्रति प्रतिनिधि शुल्क २ हजार रुपैयाँ तोकिएको छ।
सहभागी हुने भएको छ। आगामी पुस ११ गतेदेखि १३ गतेसम्म सम्मेलन गर्न गइरहेको माओवादी केन्द्रले प्रत्येक प्रदेशबाट ३० जनाको दरले प्रतिनिधि छनौट गर्नेछ।
त्यस्तै १५०० संगठित सदस्य बराबर १ जना प्रतिनिधि चयन हुने छन्। प्रत्येक प्रदेशले कम्तीमा १ जना घाइते र अपांगता भएकालाई प्रतिनिधि चयन गर्नुपर्ने छ। राष्ट्रिय सम्मेलनका लागि माओवादीले वडा र पालिका सम्मेलन गरिसकेको छ भने मंसिर २५ गते प्रदेश सम्मेलन गर्दैछ।