Connect with us
Kapilvast Forest

नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षमा बराल

२०७८, १ पुष बिहीबारमा प्रकाशित

काठमाडौं-नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बराल मगर चयन हुनुभएको छ ।दाङको भालुबाङमा मंसिर २५ र २६ मा सम्पन्न पहिलो प्रदेश अधिवेशनले २ सय १७ सदस्यीय समिति चयन गरेको थियो ।

त्यही समितिले लुम्बिनी प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बरालको नाम टुङ्गो लगाएको माओवादी केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णु पुकार श्रेष्ठले सीआईएनलाई जानकारी दिनुभयो ।

प्रदेश समितिका अरु पदाधिकारी भने टुङ्गो लागेको छैन । बराल लुम्बिनी प्रदेशको पूर्व सामाजिक विकास मन्त्री हुनुहुन्छ । माओवादीले प्रदेश समितिमा तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्ष रहने व्यवस्था गरेको छ ।माओवादीले मंसिर २५ र २६ गते दाङको भालुबाङमा प्रदेश अधिवेशन सम्पन्न गरेको थियो ।