Connect with us
Kapilvast Forest

मुस्ताङको एक किराना पसलमा आगलागी

२०७८, ६ माघ बिहीबारमा प्रकाशित

 

जोमसोम – मुस्ताङको एक किराना पसलमा आगलागी भएको छ। घरपझोङ गाउपालिका(३ पुथाङ एअरपोर्टस्थित सहारा फ्रेस हाउस तथा किराना पसलमा बुधबार साझ करिब ७ः ४५ बजेको समयमा अचानक आगलागी भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ। पुथाङ एअरपोर्टस्थित देव तामाङको पसलमा आगलागी भएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनु भयो ।

किराना पसलमा आगलागी भएको सूचना प्राप्त भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली आगो नियन्त्रणमा लिन घटना स्थलमा पुगेका थिए। प्रजिअ शर्माले सुरक्षा निकाय र स्थानीयबासीको सहयोगमा अहिले आगो नियन्त्रणमा आईसकेको बताउनु भयो । यसअघि सुरक्षा निकाय र स्थानीयले आगलागी भएको पसलबाट ग्यास सिलिन्डरसहित अन्य सामान बाहिर निकालेले थिए। ‘पसलमा अचानक आगलागी भयो, अहिले आगो नियन्त्रणमा आईसकेको छ ,’प्रजिअ शमौले भन्नु भयो , ‘आगलागीबाट भएको क्षति विवरण संकलन हुँदैछ।’ प्रजिअ शर्माले आगलागीको कारण खुल्न नसकेको बताउनु भयो ।

यस्तै पसलमा अचानक आगलागी भएपछि पसल सञ्चालक तामाङको आधा जसो सामान जलेर नष्ट भएको स्थानीय पेमा छेतेन बिकले जानकारी दिनु भयो । उहाँका अनुसार सुरक्षा निकाय र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको र अन्य घरमा फैलिन नपाएको उल्लेख गर्नु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu