Connect with us
Kapilvast Forest

अनलाइनबाटै निजामती सेवा

२०७८, ११ माघ मंगलवारमा प्रकाशित

 

 

काठमाडौँ- निजामती कर्मचारीमा कोरोना सङ्क्रमण तीव्र बन्दै गएपछि कर्मचारीहरूले अनलाइन प्रणालीबाट सेवा प्रवाह गर्न सरकारलाई सुझाव दिएका छन् । अनलाइन माध्यमबाट सेवा प्रवाह गर्न सकिने सबै सेवा अनलाइन प्रणालीबाटै प्रवाह गर्नुपर्ने कर्मचारीहरूले बताएका छन् ।

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अनुसार तीनै तहका गरी करिब डेढ लाख कर्मचारीमध्ये ३० प्रतिशत कर्मचारीलाई कोरोना सङ्क्रमण भएको अनुमान गरिएको छ । उक्त ट्रेड युनियनका महासचिव तेजकुमार केसीले अहिले ३० प्रतिशत कर्मचारीलाई कोभिड भएको र यही गतिमा सङ्क्रमण तीव्र बन्दै गए अबको एक सातामा शतप्रतिशत कर्मचारीमा कोरोना सङ्क्रमण हुने बताउनुभयो । उहाँले भन्नुभयो, “अत्यावश्यकबाहेकका काम अनलाइन माध्यमबाटै ‘वर्क फ्रम होम’ गर्नुपर्छ, व्यक्तिको स्वास्थ्यभन्दा काम ठूलो होइन ।”

उहाँका अनुसार कार्यालयमा सुब्बादेखि सचिवसम्मले एउटै फाइलमा काम गर्नुपर्ने हुनसक्छ । त्यसैले कम्तीमा माघभर सबै कर्मचारीले अनलाइनको माध्यबाट घरबाटै काम गर्ने वातावरण सरकारले मिलाउनुपर्छ । अहिले बढी भीडभाड हुने सबैजसो जिल्ला प्रशासन कार्यालय, यातायात कार्यालय, मालपोत, राहदानी विभागलगायतका कार्यालयमा भने आलोपालो प्रणालीबाट सेवा प्रवाह भइरहेका छन् । सरकारले गत वर्ष वैशाख र जेठमा कोरोना सङ्क्रमण दर उच्च तहमा पुगेपछि घरबाटै अनलाइन सेवा प्रवाह गरेको थियो ।

नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले पनि अहिलेको प्रविधिअनुसार अनलाइनबाटै सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले वैकल्पिक व्यवस्था अपनाएर अनलाइनकै माध्यबाट काम गर्ने व्यवस्था गर्नुपर्ने र जीवन रक्षाका लागि पनि यही विधि उत्तम हुने बताउनुभयो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रवीन्द्रजङ्ग थापाले बढीमा माघभर कोभिड सङ्क्रमण दर उच्च तहमा पुग्ने अनि क्रमिक रूपमा घट्दै जाने स्वास्थ्य विज्ञहरूले बताएकाले सो अवधिभर अनलाइनबाटै सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सम्भव भएका सबैजसो कार्यालयमा अनलाइन सेवा र कागजविहीन प्रणाली सुरु गर्नुपर्छ ।” अहिले पनि कोभिड सङ्क्रमण दर ५० प्रतिशतभन्दा बढी भएकाले अनलाइनबाट सेवा प्रवाह गर्न सकिने सबै काम अनलाइनबाटै गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

बिदा अपुग
सरकारले यसअघि कोभिड सङ्क्रमितलाई दिँदै आएको १४ दिनको बिदा घटाएर अहिले सात दिनमा झारेको छ । यसरी सात दिनमा झार्दा सङ्क्रमितलाई बिदा अपुग हुने कर्मचारी ट्रेड युनियनहरूले बताएका छन् । नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले कोभिड सबै व्यक्तिलाई सात दिनभित्रै निको हुन्छ भन्ने नभएकाले कतिपयलाई निको हुन १५ देखि २० दिनसम्म पनि लाग्ने भएकाले सरकारले न्यूनतम कोरोना बिदा दुई साता दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “युनियनले केही दिनमै विज्ञप्तिमार्फत कोरोना बिदाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँछ । ” उहाँले सरकारले बिदा घटाउने भन्दा बरु केही दिन बिदा बढाउनु उपयुक्त हुने सुझाव दिनुभयो । गत पुस ३० गते बसेको मन्त्रिपरिषद्को निर्णयमा जुनसुकै सार्वजनिक सं‚थाका पदाधिकारी वा कर्मचारी कोभिड–१९ बाट सङ्क्रमित भएमा अ‚पताल बसेकोमा अ‚पतालबाट डि‚चार्ज भएको तीन दिनसम्म बिदा दिने उल्लेख छ ।

त्य‚तै होम आइसोलेसनमा बसेकोमा सात दिनसम्मका लागि र कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीलाई सम्बन्धित सुपरिवेक्षकको अनुमति लिई कोभिड–१९ परीक्षण नगरेसम्म बढीमा पाँच दिनसम्मका लागि निजको सञ्चित वा पाउने बिदाबाट कट्टा नहुने गरी बिदा जनाउने भन्ने उल्लेख गरिएको छ ।
गोरखापत्र

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu